काठमाडौं । पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १ सय ८७ एक्युआई रहेको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक रहेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ । भरतपुरको १७० एक्यूआई रहेको छ ।
त्यस्तै, १५४ एक्यूआईसहित भैंसेपाटी तेस्रो स्थानमा रहेको छ भने १५१ एक्यूआईका साथ रत्नपार्क क्षेत्र चौथो स्थानमा रहेको छ । त्यस्तै, क्रमश : खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज सर्वाधिक प्रदूषित सहरमा छन् ।
जसमा ०–५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० मध्यम अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ । विश्वभरको वायु प्रदूषण निगरानी गर्दै आइरहेको आईक्यू एअरका अनुसार काठमाडौं पनि विश्वकै सातौं प्रदूषित सहर बनेको छ । १६१ एक्यूआईसहित काठमाडौं सातौं प्रदूषित सहरका रुपमा रहेको छ ।