जिल्लाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको छ। पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए ।
पवित्र धार्मिकस्थलका रूपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ।