सांसद्मा सांसदहरू आफ्नो अभिव्यक्ति फरक ढंगले राख्न खोजिरहेका हुन्छन् । यस्तै चाहना राखेर होला मंगलबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले गुहार मागे ।
शून्य समयमा उनले अभिव्यक्ति सुरु गरे, ‘गुहार, गुहार, गुहार ।’ गुहार माग्नुको कारण दिँदै उनले अगाडि भने, ‘कहिले समितिमा बिचाराधीन विधेयक लुटेको छ । कहिले सार्वभौम संसदको अधिकार लुटेको छ ।’ सांसद भोटे यतिमै रोकिएनन् ।
अगाडि भन्छन्, ‘कहिले १८ घण्टे लेडसेडिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ । कहिले आदिवासी जनजातीले मान्दै आएको मुकुमलुङमा पाथीभरा संरक्षक आम नागरिकको मर्म लुटिएको छ ।’
यति भनेर उनले फेरि सरकार गुहारे, ‘गुहार सरकार, जताततै गाउँ वस्ती जलिरहेछ । वन जंगल जलिरहेको छ । सिंहदरबार जलिरहेको छ ।’ गत असोज दोस्रो साता सिंहदरवार नजिकै रहेको नख्खु खोलामा नागरिक बाढीले बगिरहँदा पनि पनि सरकार नभेटिएको उनले बताए ।
‘‘ २४ घण्टा भोटरले नदी बीचमा गुहार मागिरहेको छ । सरकार हेलिकप्टर चढिरहेको छ । रोम जलिरहेको छ, न्युरो बाँसुरी बजाइरहेको छ । तर, यहाँ सर्वसत्तावाद लादिरहेको छ’ उनले भने ।