बुधबार, फागुन २८ गते २०८१

विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग

विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग

अखबार दैनिक
मंगलबार, माघ २९ २०८१
  • विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

    images

    अध्यक्ष केसीले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताए । उनले जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ भन्दै प्रश्न समेत गरे ।

    उनले भने, ‘इजरायल र हमासको बिचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुई पक्षबिच शान्ति सम्झौता भएपछि कयौँ देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशीको अत्तोपत्तो छैन ।’

    ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ