बुधबार, फागुन २८ गते २०८१

दरबारमार्ग फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउँदै काठमाडौँ महानगर

दरबारमार्ग फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउँदै काठमाडौँ महानगर

अखबार दैनिक
मंगलबार, माघ २९ २०८१
  • दरबारमार्ग फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउँदै काठमाडौँ महानगर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबारमार्गको फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउने काम गरिरहेको छ । महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाइरहेको छ । महानगर सार्वजनिक निर्माण विभाग अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म हुनेछ । फुटपाथजमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ ।

    images

    durbar-marg.-79_26QrTt0jmo.jpg

    महानगरले सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिलाई ठेक्का दिएको छ । गत वर्ष ६ चैतमा महानगरले निर्माण पक्षसँग सम्झौता गरेको थियो । चालु आव माघ मसान्तसम्म सक्काउनुपर्ने सम्झौता रहेकाले अहिले धमाधम काम भइरहेको हो ।

    ग्रेनाइट बिछ्याउने कामको महानगर अनुगमन समिति संयोजक रहेकी उपप्रमुख सुनिता डंगोलले अनुगमन गरिन् । फुटपाथमा गरिएको ग्रेनाइट सेटिङ निरीक्षण गर्दै उनले पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुख संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राखेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ