शनिबार, फागुन १० गते २०८१

ग्वाटेमाला बस दुर्घटना : मृतक संख्या ५५ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा

ग्वाटेमाला बस दुर्घटना : मृतक संख्या ५५ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा

अखबार दैनिक
मंगलबार, माघ २९ २०८१
  • ग्वाटेमाला बस दुर्घटना : मृतक संख्या ५५ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा

    मध्य अमेरिकाको देश ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ।

    images

    अधिकारीहरूका अनुसार बसमा ७० भन्दा धेरै यात्रु सवार थिए। सो दुर्घटनामा केही गम्भीर घाइते भएका छन्। उद्धारकर्ता एडविन भिल्लाग्रानले धेरै सवारी साधन एकअर्कासँग ठोक्किएपछि बस लगभग २० मिटर गहिरो नालीमा खसेको भनेका छन्।

    ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्। यसका साथै, मानिसहरूलाई सहयोग गर्न सेना र विपद् एजेन्सीहरू खटाइएको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ