बिहीबार , असोज ३ गते २०८१

लकडाउनको मोडल परिवर्तन हुदै : आजै विस्तृत जानाकारी दिने

लकडाउनको मोडल परिवर्तन हुदै : आजै विस्तृत जानाकारी दिने

अखबार दैनिक
बिहीबार , जेठ २९ २०७७
  • लकडाउनको मोडल परिवर्तन हुदै : आजै विस्तृत जानाकारी दिने

    २९ जेठ, काठमाडौं । सरकारले लडाउनको मोडालिटीमा केहि परिवर्तन  गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

    images

    लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ । तर जसबारे जानकारी आज गराईने भएको एक मन्त्रियों जानाकारी दिए ।

    उनकाअनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।  यसबारे भोलि (बिहीबार) सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।

    पछिल्लो पटक लकडाउन थप  गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा  पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।

    पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुवै प्रस्तावलाई मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ