काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य बढेको छ । मंगलबार सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदी मुल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।