बुधबार, फागुन २८ गते २०८१

बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली

बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली

अखबार दैनिक
सोमबार, माघ २८ २०८१
  • बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली

    श्रीलङ्काभर बिजुली बत्ती काटिएको छ । आइतबार बिहान ११ बजेदेखि लगातार देशभरमा बिजुली बत्ती काटिन थाल्यो । यसको पछाडि बाँदरको हात रहेको बताइएको छ । कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर घुसेको थियो ।

    images

    त्यसपछि यस्तो भएको बताइएको छ । बिजुली ल्याउने काम क्रमशः भइरहेको र सुरुमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको बताइएको छ ।

    एउटा बाँदर ग्रिड ट्रान्सफर्मर छिरेर प्रणालीमा गडबडी गराइदिएको ऊर्जा मन्त्री कुमारा जयकोडीले पत्रकारहरूलाई बताए । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे बिजुली बत्ती जान थालेको थियो । सबैतिर बिजुली आइसक्न केही घण्टा लाग्ने बताइएको छ । सामाजिक सञ्जालमा मानिसहरूले अधिकारीहरूलाई गाली गर्दै यो घटनाको खिल्ली उडाइरहेका छन् ।

    इन्जिनियरहरूले अघिल्ला सरकारहरूलाई वर्षौदेखि पावर ग्रिडको स्तरोन्नति गर्न चेतावनी दिइरहेका सोमबार सार्वजनिक एक समाचारमा भनिएको छ । २०२२ मा आर्थिक सङ्कटको समयमा श्रीलङ्कामा चरम लोडसेडिङ देखिएको थियो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ