राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी एक लाख रुपैयाँ धरौटी बुझएर रिहा भएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा माघ २५ गते जिल्ला अदालत काठमाडौँले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो।
दुई जना धरौटी बुझाएर सोही दिन रिहा भएपनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसीलाई भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको जगन्नाथदेवल पठाइएको थियो। रास्वपाका जिल्ला उपसभापति एक लाख धरौटी तिर्न नसकेपछि जेल चलान उनको रिहाईका लागि चन्दा संकलन गरी आइतबार एक लाख रुपैयाँ धरौटी बुझाइएको रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले बताइन्।