शनिबार, वैशाख ७ गते २०८२

चितवनमा ट्रक दुर्घटना हुँदा १९ चौपाया मरे

चितवनमा ट्रक दुर्घटना हुँदा १९ चौपाया मरे

आइतबार, माघ २७ २०८१
  • चितवनमा ट्रक दुर्घटना हुँदा १९ चौपाया मरे

    मुग्लिन । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवं प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, बर्दियाबाट आज बिहान काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनिट्रक अनियन्त्रित भई पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, लेवाटारमा सडकमा पल्टिएको थियो । दुर्घटनामा खसीबोका गरी १९ चौपाया मरेको उनले जानकारी दिइन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ