काठमाडौं । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा सहभागी हुन उज्बेकिस्तानको टोली नेपाल आइपुगेको छ । उक्त टोली पहिलोपटक नेपालमा फुटबल प्रतियोगिता खेल्न आइपुगेको हो । जारी आहारारा पोखरा गोल्डकप खेल्न आइपुगेको उक्त टोलीलाई आयोजक सहारा क्लबका प्रतिनिधिले काठमाडौंमा स्वागत गरे ।
उक्त टिम आज हुने अन्तिम प्रिक्वाटरफाइनलको विजेतासँग २९ माघ मंगलबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्नेछ । आज सिक्किमको टोली थन्डरबोल्ट युनाइटेड र संकटा क्लबबीच खेल भइरहेको छ ।प्रतियोगिता माघ २२ गतेदेखि सुरु भएको हो ।