बुधबार, माघ २३ गते २०८१

रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने, सरकार पक्षबाट ७ जनाले बहस गर्ने

रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने, सरकार पक्षबाट ७ जनाले बहस गर्ने

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने, सरकार पक्षबाट ७ जनाले बहस गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धसहित ३२ जनाविरुद्ध चितवन अदालतमा दायर भएको मुद्दामा सरकार पक्षबाट ७ जनाले बहस गर्ने भएका छन् ।

    images

    सरकार पक्षबाट सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सह–न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी र सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरु रमेश काफ्ले सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन् ।

    यस्तै रवि लामिछानेको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न १ जना वरिष्ठ अधिवक्तासहित ६ जनाको वकालतनामा दर्ता गराएका छन् । जसमा वरिष्ठ अधिवक्तासुशील कुमार पन्त, अधिवक्ताहरु डा. नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

    विहान ११ः४५ बजेदेखि सुरु भएको लामिछानेको बयान दिउँसो ३ः३० बजेतिर सकिएको छ । अब केहीबेरमा थुनछेक बहस हुने सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार