बुधबार, माघ २३ गते २०८१

भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण

भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण

    एजेन्सी । अमेरिकाले देश निकाला गरेका १०४ जना अवैध भारतीय आप्रवासी बोकेको विमान भारतको अमृतसरमा अवतरण भएको छ । बुधबार दिउँसो अमृतसरको श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको विमान अवतरण गरेको हो । विमान दिउँसो १ः५५ बजे अवतरण भएको बताइएको छ ।

    images

    आप्रवासीमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३/३३, महाराष्ट्र र उत्तर प्रदेशका तीन/तीन र चण्डीगढका दुई जना भएको बताइएको छ । निर्वासितहरूको संख्या अझै आधिकारिक रूपमा पुष्टि हुन नसकेको भन्दै अमर उजालाले आफ्नो समाचारमा भनेको छ । यसअघि आएका खबरहरूमा अमेरिकी सैन्य विमान सी–१७ मा २०५ अवैध भारतीय आप्रवासी सवार रहेको दाबी गरिएको थियो ।

    अमेरिकी सरकारले देश निकाला गरेको अवैध भारतीय आप्रवासी यो पहिलो समूह थियो । पछिल्ला दुई हप्तामा, भारत बाहेक पनि अन्य धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले पनि नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्तालाई उद्धृत गर्दै सी–१७ सैन्य विमानबाट आप्रवासीहरूलाई भारत फिर्ता पठाउन लागिएको समाचार छापेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार