बुधबार, माघ २३ गते २०८१

न्यायाधीश ढकालको इजलासमा रविको बयान हुँदै

न्यायाधीश ढकालको इजलासमा रविको बयान हुँदै

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • न्यायाधीश ढकालको इजलासमा रविको बयान हुँदै

    काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । मंगलबार मुद्दा दायर भएपछि बुधबार कार्यालय समयमै चितवन जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा भइरहेको सूचना अधिकारी अमृत विश्वकर्माले जानकरी दिए । 

    images

    विश्वकर्माका अनुसार करिब साढे १२ बजे देखि नै सुरु भएको बयान जारी छ । बयान सकिएपछि लामिछानेको थुनछेकको सुरुवाइ यही इजलासमा प्रारम्भ हुनेछ । सुरुवाइपछि अदालतले पुपक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्ने आदेश गर्नेछ । 

    गत असोजदेखि सहारा चितवन सहकारी ठगीमा १७ जनाविरुद्ध मुद्दा चलिरहेको छ । मंगलबार लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा पूरक मुद्दा दायर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार