बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ । सरस्वतीको मूर्ति सेलाउने क्रममा रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा डुब्दा युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायका अनुसार नदीमा डुब्दा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको बेपता भएका थिए ।
मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज (बुधबार) बिहान उनी डुबेकै स्थानमा फेला परेको रायले बताए ।मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।