बुधबार, माघ २३ गते २०८१

सर्वोच्चको सर्भर डाउन हुँदा चितवनमा रविको बयान ढिला सुरू

सर्वोच्चको सर्भर डाउन हुँदा चितवनमा रविको बयान ढिला सुरू

बुधबार, माघ २३ २०८१
  • सर्वोच्चको सर्भर डाउन हुँदा चितवनमा रविको बयान ढिला सुरू

    साहारा चितवन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन दायर मुद्दामा बयान सुरू भएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो । रविविरुद्ध चितवनमा हिजो मुद्दा दायर भएको थियो । 

    images

    उनी साढे ९ मै अदालतमा उपस्थित भएका थिए । तर, सर्वोच्च अदालतको सर्भर डाउन भएकोले ९:३० बजे नै अदालत पुगेपनि बयान प्रक्रिया पौने १२ बाट मात्र सुरू भयो । रविको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार