बुधबार, माघ २३ गते २०८१

फिल्म ‘माया प्रीति’ मा भित्रिइन् दिव्या

फिल्म ‘माया प्रीति’ मा भित्रिइन् दिव्या

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • फिल्म ‘माया प्रीति’ मा भित्रिइन् दिव्या

    एजेन्सी । ‘एक्टरः टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी दिव्या रायमाझी ‘माया प्रीति’ मा पनि मुख्य भूमिकामा देखिने भएकी छन् । चलचित्रका कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले उनलाई फिल्मको मुख्य भूमिकाका लागि बुधवार अनुबन्धित गरेका हुन् ।

    images

    रोमान्टिक कमेडी कथामा बन्ने चलचित्र अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्व बुझाउँछ ।  दिब्याले ‘माया प्रीति’ को कथा आफूले खोजे जस्तै भएको अभिनय गर्न तयार भएको बताइन् ।

    वन टू थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार