काठमाडौं। निश्चल मिडिया र पन्चलाइन प्रोडक्सनको सहकार्यमा 'दुखी आत्मा' फिल्म संग मिलेर नेपाल टुर गरेको कार्यक्रम जोकजात्रा सम्पन्न भएको छ । माघको पहिलो हप्ताबाट गरेको टुरमा नेपालगन्ज , बुटवल , नवलपरासी , चितवन , पोखरा, झापा , धरान आदि रहेको थियो । इलाममा पनि रहेको थियो तर कोशी प्रदेशको आन्दोलनले गर्दा भने त्यहा सम्पन्न हुनन्सकेको कमेडी च्याम्पियन सिजन ३ विजेता सुनिल खड्काले बताए । दुखी आत्माको जोकजात्रा टुरमा कमेडी च्याम्पियन सुनिल खड्का, कर्म सिङ लामा , निश्चल अर्याल , सन्देश देवकोटा र प्रतीक अधिकारीले आफ्नो स्ट्यान्ड-अप कमेडी प्रस्तुत गरेका थिए।
हिजो भखर काठमाडौं आइपुगेका टोलि काठमाडौंको ग्राण्ड क्लोजिङको तयारीमा रहेको बताए । दुखी आत्माको जोकजात्रा टुरमा चौतारी डिजिटल , इभानी कन्सल्टेन्सी संगै बि एण्ड बि कार्गो र अन्य पार्ट्नरहरुको सहकार्य रहेको थियो ।