बुधबार, माघ २३ गते २०८१

ओटीटीमा आएको चार दिनमा पुष्पा २ ले बनायो यस्तो रेकर्ड

ओटीटीमा आएको चार दिनमा पुष्पा २ ले बनायो यस्तो रेकर्ड

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • ओटीटीमा आएको चार दिनमा पुष्पा २ ले बनायो यस्तो रेकर्ड

    दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २’ ओटीटीमा रिलिज भएको चार दिन भयो । सिनेमा हलपछि फिल्मले ओटीटीमा पनि आफ्नो जादु देखाइरहेको छ । फिल्मले पश्चिमेली दर्शकहरूमाझ ठुलो छाप छाडिरहेको छ ।

    images

    ओटीटीमा रिलिज भएको चार दिनपछि नै ‘पुष्पा २’ ले पश्चिमी दर्शकहरूमा गहिरो प्रभाव पारेको छ । यो फिल्म सात देशहरूमा नम्बर एक स्थानमा पुगेको छ । ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ चार दिनमा विश्वव्यापी गैर–अंग्रेजी श्रेणीमा ५८ लाख भ्यूज पाउँदै दोस्रो स्थानमा कायम छ ।

    बक्स अफिसमा यति गरेको थियो कलेक्सन
    अल्लु अर्जुनको फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । स्याकानिल्कको रिपोर्ट अनुसार, फिल्मले भारतमा मात्रै कुल १ हजार २३३ करोड ८० लाख भारु कमाएको छ । विश्वभर भने फिल्मको कूल कमाई १ हजार ७४१ करोड ७५ लाख भारु थियो । रिलिज हुने बित्तिकै फिल्मले बक्स अफिसमा कयौं फिल्मको रेकर्ड तोडेको थियो ।

    अल्लु अर्जुन अभिनीत यस फिल्ममा रश्मिका मन्डनाले अल्लु अर्जुनको श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । फहाद फासिल खतरनाक भिलेनको भूमिकामा देखिएका थिए । फिल्ममा जगपति बाबु, राव रमेश, अनुसूया भारद्वाज, सुनील लगायतको अभिनय पनि रहेको थियो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार