बुधबार, माघ २३ गते २०८१

‘पुष्पा २’ अभिनेता जगपति बाबु काठमाडौंमा

‘पुष्पा २’ अभिनेता जगपति बाबु काठमाडौंमा

अखबार दैनिक
मंगलबार, माघ २२ २०८१
  • ‘पुष्पा २’ अभिनेता जगपति बाबु काठमाडौंमा

    ‘पुष्पा २’ फेम्ड साउथ स्टार जगपति बाबुले मंगलबार कीर्तिपुरबाट आगामी फिल्म ‘मिराई’को छायांकन थालेका छन् । सोमबार बेलुका काठमाडौंमा उत्रिएका उनले आजदेखि सुटिङ सेट ज्वाइन गरे ।

    images

    केही दिनको नेपाल बसाइमा जगपतिले फिल्म छायांकनसँगै नजिकका पर्यटकीय क्षेत्रको घुमघाम गर्नेछन् । जगपति कीर्तिपुरमा भैरहेको छायांकन सेटमा सहभागि भएको निर्माण नियन्त्रक पुष्कर लामाले जानकारी दिए ।

    भारतका तामिल, कन्नडा, मलायलम र हिन्दी भाषी फिल्ममा चर्चित जगपतिले अहिले नेपालमा समेत चलिरहेको ‘पुष्पा २’मा मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

    यो फिल्मको दोस्रो चरणको छायांकन काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा हुनेछ । छायांकनका लागि अभिनेत्री श्रीया शरणसहित कलाकारको टोली आइतबार नै काठमाडौंमा आइपुगेको थियो । १६ दिनसम्म छायांकन चल्नेछ । अभिनेत्री शरण दृश्यम र दृश्यम २ को लागि समेत चर्चित छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार