शुक्रबार, फागुन २ गते २०८१

करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट महिला समातिइन्

करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट महिला समातिइन्

अखबार दैनिक
मंगलबार, माघ २२ २०८१
  • करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट महिला समातिइन्

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने धातुसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङ छिन् । लुकाइछिपाइ भन्सार छली गरी ल्याउन लागेको उक्त धातुसहित सोमबार (माघ २१) दिउँसो मैयाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    images

    उनी थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएकी थिइन् । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट उक्त धातुसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार