बुधबार, माघ २३ गते २०८१

प्रधानमन्त्रीद्वारा एचपीभी खोप अभियान शुभारम्भ

प्रधानमन्त्रीद्वारा एचपीभी खोप अभियान शुभारम्भ

अखबार दैनिक
मंगलबार, माघ २२ २०८१
  • प्रधानमन्त्रीद्वारा एचपीभी खोप अभियान शुभारम्भ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ ।

    images

    विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् ।

    आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार