बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड नेपाल भ्रमणमा आउने भएका छन्।एड्वार्ड र उनकी श्रीमती सोफी मंगलबार दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने प्रहरी स्रोतले जनाएको छ। उनको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्।
उनलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्था मिलाइएको छ। दम्पत्तिले पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमशृङ्खला हेर्ने, र ब्रिटिश गोर्खाको क्याम्पमा जाने तालिका रहेको बेलायती समाचारहरूले जनाएका छन्। उनीहरूको पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्।