सोमबार, माघ २१ गते २०८१

माओवादी केन्द्रले फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने

माओवादी केन्द्रले फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • माओवादी केन्द्रले फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो । 

    images

    हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको उनले बताए । 

    ‘पार्टीले हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्नेछ । यस्तै पार्टीले जितेका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ’, बैठकपछि सापकोटाले भने । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ