सोमबार, माघ २१ गते २०८१

‘घरज्वाइँ’को निर्माताले घोषणा गरे नयाँ चलचित्र 'मितज्यू’

‘घरज्वाइँ’को निर्माताले घोषणा गरे नयाँ चलचित्र 'मितज्यू’

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • ‘घरज्वाइँ’को निर्माताले घोषणा गरे नयाँ चलचित्र 'मितज्यू’

    काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ निर्माण समूहले नयाँ चलचित्र ‘मितज्यू’ निर्माणको घोषणा गरेको छ । सोमबार बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने चलचित्र‘मितज्यू’ घोषणा गरिएको हो ।

    images

    सार्वजनिक पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथी खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । चलचित्रको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।

    यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको चलचित्र २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

    जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा को–को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ