सोमबार, माघ २१ गते २०८१

देशव्यापी माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ : ‘प्रचण्ड’

देशव्यापी माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ : ‘प्रचण्ड’

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • देशव्यापी माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ : ‘प्रचण्ड’

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का केन्द्रीय सचिव बाबुराम कौशिकलाई माओवादीमा समावेश गराएका छन्। खुमलटारमा आयोजित एक कार्यक्रममा कौशिकसहित विभिन्न पार्टीबाट आएका नेतृत्वकार्यकर्तालाई प्रचण्डले स्वागत गरे।

    images

    माओवादीमा प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत रहेका छन्।

    प्रचण्डले अहिले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गर्दै भने, “अहिले देशैभरी माओवादी प्रवेशको लहर चलेको छ। सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गर्छु। अब पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउनुपर्छ।” उनले विचार मिल्नेहरूसँग एकताका लागि पनि पहल भइरहेको जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ