सोमबार, माघ २१ गते २०८१

राष्ट्र बैंकले झुत्रा नोट साटिदिने

राष्ट्र बैंकले झुत्रा नोट साटिदिने

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • राष्ट्र बैंकले झुत्रा नोट साटिदिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले झुत्रा, च्यातिएका, गलेका, जलेका तथा पानीले भिजेर धमिलो बनेका नोटहरूलाई साट्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस सम्बन्धमा वित्तीय चेतना फैलाउने उद्देश्यले सूचना जारी गरेको छ ।

    images

    राष्ट्र बैंकका अनुसार, च्यातिएका, मक्किएका, लुलो भएको, किराले खाएको, रंगिएको वा मुद्रण उडेको नोटहरूलाई साट्न सकिनेछ। यस्ता नोटहरू राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा गई साट्न सकिन्छ।

    तर, नोट धेरै केरमेट भएको, दर वा नम्बर यकिन गर्न नसकिने अवस्था आएको वा ५० प्रतिशतभन्दा कम भाग बाँकी रहेको छ भने, त्यो नोट सटही हुने छैन। यस्ता नोटहरू जफत गरिनेछन् र सम्बन्धित व्यक्तिलाई यसबारे जानकारी दिइने छ ।

    कुनै नोट मक्किएको वा गन्न नसकिने अवस्थामा छ भने, त्यसलाई साट्नको लागि नोटको पछाडि सोही दरको सिंगो नोट बराबरको कागज टाँसेर साट्न सकिन्छ । नोटको दीर्घकालिक सुरक्षा र संरक्षणका लागि नोटलाई च्यात्न, केरमेट नगर्न, पानी वा चिल्लो पदार्थबाट जोगाउन, र नोटलाई उचित तरिकाले राख्ने र प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ