काठमाडौं । सोमबार पनि सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ ।
शुक्रबारदेखि नै यहीं मूल्यमा सुनको कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१० रुपैयाँ रहेको चाँदी यस दिन १८९५ रुपैयाँ कायम भएको छ ।