सोमबार, माघ २१ गते २०८१

यूएसएडविरुद्ध खनिए एलन मस्क

यूएसएडविरुद्ध खनिए एलन मस्क

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • यूएसएडविरुद्ध खनिए एलन मस्क

    विश्वका सबैभन्दा धनी एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडविरुद्ध तारन्तार कटाक्ष गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा विभिन्न पोस्ट गर्दै मस्क यूएसएडमाथि खनिएका छन् । मस्कले कोभिड(१९ जस्तो जैविक हतियारको खोजमा यूएसएडले लगानी गरेको र त्यसकै कारण लाखौंको ज्यान गएको दाबी गरेका छन् ।

    images

    त्यस्तै यूएसएडलाई उग्र वापमन्थी माक्सवादीहरूको संस्था भन्दै मस्कले उनीहरूले अमेरिकालाई घृणा गर्ने बताएका छन् । मस्कले यूएसएडलाई राक्षसको पनि उपमा दिएका छन् । यूएसएडलाई आफ्नो प्रोपोगाण्डा मिडियामा दिन पैसा दिने संस्थाको रूपमा आरोपित गरेका छन् । मस्कले भनेका छन्, ‘यूएसएड आपराधिक संस्था हो । यसले मर्ने समय आएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार