सोमबार, माघ २१ गते २०८१

श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधनादेखि अक्षराम्भसम्म

श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधनादेखि अक्षराम्भसम्म

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधनादेखि अक्षराम्भसम्म

    काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज श्रीपञ्चमी पर्व मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

    images

    आजको दिन विद्यार्थीले आफ्नो पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीकको रुपमा पूजा गर्छन् । विद्यालय जाने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने प्रचलन रहेको छ । पछिल्लो समय वृद्धवृद्धाले पनि अक्षराम्भ गर्ने गरेका छन् । सरस्वतीलाई विद्या, ज्ञान, संगीत, कला र बुद्धिकी देवी मानिन्छ । यसकारण विद्यार्थी, शिक्षक, कलाकार, संगीतकारलगायत सबैले यो दिन सरस्वतीको पूजा गरी आशीर्वाद लिन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार