बुधबार, भदौ ३१ गते २०८३

राष्ट्रिय सभा बैठक चलिरहँदा ढले कांग्रेस सांसद भट्ट

राष्ट्रिय सभा बैठक चलिरहँदा ढले कांग्रेस सांसद भट्ट

अखबार दैनिक
आइतबार, माघ २० २०८१
  • राष्ट्रिय सभा बैठक चलिरहँदा ढले कांग्रेस सांसद भट्ट

    राष्ट्रिय सभा बैठकमा कांग्रेसका सांसद नारायणदत्त भट्ट ढलेका छन्। आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिन गएका भट्ट बैठक चलिरहँदा ढलेका हुन्।

    शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठ लगायतले डोहोर्‍याउँदै बैठक कक्ष बाहिर लगेका थिए। भट्टलाई संघीय संसद भवन परिपरमै उपचार गराइएको छ।

    उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । भट्टको स्वास्थ्यमा समस्या देखिएपछि उनको सट्टामा बोल्न कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटालाई समय दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार