शुक्रबार, माघ १८ गते २०८१

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश

अखबार दैनिक
शुक्रबार, माघ १८ २०८१
  • आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश

    काठमाडौँ । आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् । 

    images

    साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार