शुक्रबार, फागुन १६ गते २०८१

बुवा बन्दै सागर लम्साल , ‘पहिलो सन्तान परिवारको लागि लक्की चार्म हुन्छ’

बुवा बन्दै सागर लम्साल , ‘पहिलो सन्तान परिवारको लागि लक्की चार्म हुन्छ’

अखबार दैनिक
शुक्रबार, माघ १८ २०८१
  • बुवा बन्दै सागर लम्साल , ‘पहिलो सन्तान परिवारको लागि लक्की चार्म हुन्छ’

    चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । विवाह गरेको सात महिनामै बले बुबा बन्ने भएका हुन् । असार ३० गते उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेर सबैलाई सरप्राइज दिएका थिए । स्नेहा ५ महिनाकी गर्भवती छिन् । बलेले कुरा गर्दै आफू पिता बन्न लागेको बताए । ‘म यतिबेला लक्की महसुस गरिरहेको छु’ बलेले भने, ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’

    images

    उनको महत्वपूर्ण भूमिका रहेको कथानक फिल्म ‘लाज शरणम’ शिवरात्रीदेखि रिलिज हुँदैछ । फिल्मको टिजर हेर्दा बलेको रोल यसमा अर्थपूर्ण र महत्वपूर्ण हुने देखिएको छ । यसबाहेक टिभी श्रृंखला ‘सक्किगो नि’ले उनलाई लोकप्रियता दिलाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ