शुक्रबार, माघ १८ गते २०८१

अमेरिकामा विमान-हेलिकप्टर दुर्घटना : १८ शव निकालियो

अमेरिकामा विमान-हेलिकप्टर दुर्घटना : १८ शव निकालियो

अखबार दैनिक
शुक्रबार, माघ १८ २०८१
  • अमेरिकामा विमान-हेलिकप्टर दुर्घटना : १८ शव निकालियो

    अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यी सबैको शव नदीबाट निकालिएको हो ।

    images

    अमेरिकामा बुधबार राति अमेरिकन एयरलाइन्सको विमान आकाशमा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको थियो । दुर्घटनापछि विमान पोटोमाक नदीमा खसेको थियो । त्यहाँबाट सबै ६४ जनाको शव निकालिएको हो । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वाशिङ्टन डीसी जाँदै थियो ।अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोमाक नदीमा खसेको थियो । 

    यसैबीच शुक्रबार बिहान खतरनाक परिस्थितिका कारण गोताखोर टोलीले यो अपरेशन रोकेको बीबीसीको समाचारमा उल्लेख छ । दुर्घटनाग्रस्त विमानको भग्नावशेष खोलाबाट निकालेर अवस्था सुरक्षित भएपछि गोताखोरहरूले खोजी कार्य पुनः सञ्चालनमा ल्याउने बताइएको छ ।

    खोजी कार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको अधिकारीहरुले बताएका छन् । बीबीसीको अमेरिकीसम्बद्ध संस्था सीबीएस न्युजलाई एक स्रोतले यो जानकारी दिएको हो।सीबीएसका अनुसार ब्ल्याक बक्सलाई राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा जाँच गरिने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ