शनिबार, असोज १७ गते २०८३

नयाँ रणनीति बनाउने तयारिमा कोरोना बीमा स्थगित, १६ करोड रुपैयाँ बीमाशूल्क संकलन भेसकेको थियो

नयाँ रणनीति बनाउने तयारिमा कोरोना बीमा स्थगित, १६ करोड रुपैयाँ बीमाशूल्क संकलन भेसकेको थियो

अखबार दैनिक
शुक्रबार, जेठ २३ २०७७
  • नयाँ रणनीति बनाउने तयारिमा कोरोना बीमा स्थगित,  १६ करोड रुपैयाँ बीमाशूल्क संकलन भेसकेको थियो

    २३ जेठ, काठमाण्डौं ।  कोरोना भाईरस कोभिड–१९ को संक्रमण सुरू भएसंगै  नेपालमा पछिल्लो समय सुरू भएको कोरोना बीमा स्थगित हुने भएको छ ।  गत वैशाख ७ गतेदेखी औपचारिक रुपमा सूरु गरिएको कोरोना बीमा गर्नेको संख्या  बढ्दै गएकाले नयाँ रणनीति अपनाउन केहीदिनको लागि मात्र स्थगित गर्ने गरिएको बीमा समितिले जनाएको छ।  

    नेपाल विमक संघको नेतृत्वमा पुल मार्फत सूरु गरिएको कोरोना बीमा गर्नेको संख्यामा तीव्र रुपले बढेपछि जोखिम बहनका लागि विदेशी पूनर्विमा कम्पनीसँग सम्झौता गर्न तथा सरकारले आगामी बजेटमा बीमा क्षेत्रलाई प्राथमिकतामा राखेका कारण केही दिनका लागी स्थगित गर्नै निर्णय गरेको बीमा समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।  

    बिहीबार नियामक निकाय बीमा समिती, निर्जीवन बीमा कम्पनीको छाता संगठन नेपाल बिमक संघ र नेपाल पूर्नर्विमा कम्पनीसँग छलफल गरी केही दिनका लागि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमती भएको हो।  

    करिब डेढ महिनाको अवधीमा झण्डै तीन लाख सर्वसाधारणले बीमा गराइसकेको बताउँदै उनले भने, ‘हाल निर्जीवन बीमा कम्पनीसँग करिब ३० अर्ब रुपैयाँ पूँजी रहेको छ।  उक्त, रकमले हालसम्म भएको कोरोना बीमाको जोखिम वहन गर्न पर्याप्त छ। ’

    बीमा कम्पनीको क्षमता भन्दा बढीको जोखिम वहन गर्न नमिल्ने भएकाले कोरोना बीमाको कार्यविधीमा आवश्यक परिमार्जन गरी पूनः सूरु गरिने कार्यकारी निर्देशक पौडेलले बताए।  

    त्यसैगरी, सरकारले आगामी बजेटमा बीमाशूल्कमा अनुदान दिने घोषणा गरेपछि बीमाशूल्क संकलन गर्दा दुविधा हुने भएका पनि केहीदिनका लागी कोरोना बीमालेख स्थगित गर्ने निर्णयमा पुगेको उनले बताए।  

    एक निर्जीवन वीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कोभिड–१९ को महामारिका बिचमा सूरु भएको कोरोना बीमा गर्नैको संख्या र कोरोना संक्रमितको संख्या तिव्र रुपले बढेपछि कम्पनीको क्षमता भन्दा बढी दावि पर्न सक्ने भन्दै कोरोना बीमा स्थगित गर्ने निर्णयमा पुगेको बताए।  

    ति सिईओका अनुसार कोराना बीमा गराउँने संख्या दिनप्रतिदिन बढ्दै गएकाले यसले भविष्यमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरु डुब्ने अवस्था आउन सक्ने भन्दै संघको बुधबार बसेको बैठकले लिखित रुपमा बीमा समितिलाई पत्र पेश गर्ने निर्णय गरेको थियो।  

    त्यसैगरी, सरकारले आगामी आव ०७७/०७८ को बजेटमा स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेकाले कोरोना बीमाका विषयमा थप अनुसन्धान तथा जोखिम विश्लेषण गर्न केही दिन स्थगित गर्न आग्रह गरेको संघले जनाएको छ।  

    श्रोतका अनुसार अन्य मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको संक्रमण ढिलो फैलिएकाले बीमा समितिले विना तयारी कारोना बीमा सञ्चालन गरेकाले सूरु भएको करिब डेढ महिनामै स्थगित गर्नूपर्ने अवस्था आएको हो।  

    कोरोना बीमा पोलीसी बिक्रिबाट नाफा भए उक्त रकम छुट्टै कोष सञ्चालन गरी सामाजिक कार्यमा खर्च गर्नै उदेश्य भएपनि उल्टै बीमा कम्पनीको क्षमता भन्दा बढी जोखिम वहन गर्नूपर्ने आउने भएपछि बीमा कम्पनीहरु पछि हटेको बताइएको छ।  

    संघका अनुसार मुलुकको एक मात्र नेपाल पूनर्विमा कम्पनीले र निर्जीवन बीमा कम्पनीले मात्र कोरोना बीमाको जाखिम वहन गर्न सक्नै अवस्था छैन्।  

    त्यसैले कारोना बीमा कार्यक्रमलाई निरन्तरता दिन विदेशी पूनर्विमा कम्पनीसँग सम्झौता गर्नूपर्नै तथा आगामी बजेटमार्फत थप सेवा सुविधाको व्यवस्था गर्नूपर्नै संघले आग्रह गरेको छ।  

    संघका अध्यक्ष दिपप्रकाश पाण्डेका अनुसार हिजोसम्म करिब तीन लाख सात हजार जनाको कोरोना बीमा भईसकेको छ।  १९ निर्जीवन बीमा कम्पनीले २६ हजार ६ सय २३ बीमालेख बिक्रि गरी करिब १६ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेका उनले जानकारी दिएका छन्।

    https://nagariknews.nagariknetwork.com/economy/230361-1591281580.html

      नागरिक न्युजबाट 

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ