बुधबार, माघ ९ गते २०८१

रविको मुद्दामा सुनुवाइ सुरु

रविको मुद्दामा सुनुवाइ सुरु

अखबार दैनिक
बुधबार, माघ ९ २०८१
  • रविको मुद्दामा सुनुवाइ सुरु

    सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ ।पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ । 

    images

    सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार