बुधबार, माघ ९ गते २०८१

वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णय

वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णय

अखबार दैनिक
बुधबार, माघ ९ २०८१
  • वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले नेता वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    images

    त्यस्तै, एमालेले माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय पनि लिएको छ । अभियानमा सम्पूर्ण पार्टी पंक्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय लिएको महासचिव पोखरेलले बताएका छन् ।

    अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय भएको पनि उनले बताएका छन् ।

    त्यस्तै, पार्टीको विधान महाधिवेशन आगामी साल भाद्र २०–२२ मा ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने निर्णय पनि एमालेले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार