आइतबार, असार २३ गते २०८२

‘वातावरणीय विनास’ : हेर्ने जिम्मा कसको हो सरकार ?

‘वातावरणीय विनास’ : हेर्ने जिम्मा कसको हो सरकार ?

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • वर्षा सकिएको छैन । पहिला पहिला जस्तो मनसुन ४ महिना (जेठ, असार, साउन, भदौ) को पनि रहेन । अब हप्ता दस दिन लाग्ने साउने झरी त पुराणको कथा जस्तै भयो भन्छन् पाका मानिसहरु । हामी आफैले थाहा पाउँदा पनि सप्ताहव्यापी झरी झम झम परिरहन्थ्यो । अग्रजहरु भन्छन्, ‘लामो झरीका बीचमा धेरै ठाउँमा पानीका मूल फुट्थे । खेतमा धान रोप्नका लागि साना खोला खोल्सामै बग्ने पानी प्रयाप्त हुन्थ्यो । असोज कात्तिकमा खेतमा पानी लगाउन गाउँ नजिकका दुई तीन खोला खोल्सा झोरहरु जोडेर कुलो डोर्याएपछि धान खेतीका लागि चाहिने पानी पर्याप्त हुन्थ्यो । यस्तै बर्खे झरीले धारा कुवा रिचार्ज हुन्थे र सुख्खा मौसममा पनि गाउँका कुवा धारामा पिउने पानीको अभाव हुन्थेन । सामान्य करेसाबारीमा साग सब्जी लगाउन अभाव हुन्थेन । तर दुई अढाई दशककै बीचमा मौसम र मनसुन दुवैमा ठूलो परिवर्तन आए ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार