काठमाडौं । टर्किएको प्रसिद्ध एक रिसोर्टमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । स्की नामक रिसोर्टमा भएको आगलागीमा परी ५१ जना घाइते भएको टर्कीका स्वास्थ्यमन्त्री केमाल मामिसोग्लुले जानकारी दिए ।
तीमध्ये एकजना आईसीयूमा छन् । १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मृत्यु भएकाहरूको सनाखत हुन नसकेको टर्किएको गृह मन्त्रालयले जनाएको छ । बुधबारबार बिहानसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । मङ्गलबार नै लागेका आगो नियन्त्रण गर्न १२ घण्टा लागेको बताइएको छ ।
टर्किएका कानुनमन्त्रीले यस मामिलामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहान ३.२७ बजे बोलुस्थित १२ तले ग्राण्ड कार्टेल होटलमा आगलागी भएको हो । होटलमा २३४ जना बसेका थिए ।
बोलु टर्किएको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । अत्यधिक कम तापक्रमका कारण दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागे थियो । बीबीसी