बुधबार, माघ ९ गते २०८१

मंगलबार ५.०८ अंकले बढ्यो सेयर बजार,६ अर्ब १९ करोडको कारोबार

मंगलबार ५.०८ अंकले बढ्यो सेयर बजार,६ अर्ब १९ करोडको कारोबार

अखबार दैनिक
मंगलबार, माघ ८ २०८१
  • मंगलबार ५.०८ अंकले बढ्यो सेयर बजार,६ अर्ब १९ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ ।  आज बजार ५.०८ अंकले बढेर २६१३.०८को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । मंगलबार बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको कारोबार भएको छ । 

    images

    आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    मंगलबार मंदाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी रिभर फल्स पावर लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार