बुधबार, माघ २३ गते २०८१

अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना बढ्दै जाँदा चिनियाँ एप रेडनोटमा प्रयोगकर्ताको आकर्षण

अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना बढ्दै जाँदा चिनियाँ एप रेडनोटमा प्रयोगकर्ताको आकर्षण

अखबार दैनिक
शुक्रबार, माघ ४ २०८१
  • अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना बढ्दै जाँदा चिनियाँ एप रेडनोटमा प्रयोगकर्ताको आकर्षण

    काठमाडौं । अमेरिकामा टिकटकको भविष्य अनिश्चित भएपछि त्यहाँका प्रयोगकर्ताले रेड नोट नामक एप चलाउन थालेका छन् । प्रयोगकर्ता बढेपछि रेड नोटले अंग्रेजी भाषाका कन्टेन्ट मोडरेटरहरू माग गरेको छ । टिकटक गैरचिनियाँ लगानीकर्तालाई बिक्री नगरेमा अमेरिकामा यो बन्द हुने कानुन ल्याइएको छ । यो कानुनविरुद्ध टिकटक अमेरिकी सर्वोच्च अदालतमा पुगेको छ । मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

    images

    मुद्दा विचाराधीन रहेकै बेला अमेरिकी टिकटक प्रयोगकर्ताले रेड नोट प्रयोग गर्न थालेका छन् । रेड नोट पनि चिनियाँ एप हो । रेड नोट चलाउन सुरु गरेकाहरूले आफूलाई ‘टिकटक शरणार्थी’ भन्न थालेका छन् । लाखौँको संख्यामा प्रयोगकर्ताले रेड नोट चलाउन थालेपछि अमेरिकी सञ्चारमाध्यम सीएनएनले यसलाई ‘द ग्रेट सोसल मिडिया माइग्रेसन’ भनेको छ ।

    सन् २०१३ मा स्थापित रेड नोटका विश्वभरमा करिब ३०० मिलियन प्रयोगकर्ता छन् । टिकटकको भविष्य अनिश्चित भएपछि अमेरिकामा दुई दिनमा मात्र सात लाख रेड नोट प्रयोगकर्ता थपिएका छन् । रेड नोटमा ५.५ मिलियनले ‘टिकटक रिफ्युजी’ ह्यासट्याग प्रयोग गरेका छन् । अमेरिकामा करिब १७० मिलियन टिकटक प्रयोगकर्ता छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार