बिहीबार , असोज ३ गते २०८१

नेपाल उद्योग वाणिज्य माहासंघले सरकारलाई कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न आग्रह गरेको छ

नेपाल उद्योग वाणिज्य माहासंघले सरकारलाई कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न आग्रह गरेको छ

अखबार दैनिक
मंगलबार, जेठ २० २०७७
  • नेपाल उद्योग वाणिज्य माहासंघले सरकारलाई कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न आग्रह गरेको छ

    २० जेठ, काठमाडौं ।नेपाल उद्योग वाणिज्य माहासंघले कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

    images

    सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको सुचना प्रकाशित गरेसंगै उद्योगी व्यवसायीहरूमा छलफल चल्न थालेको छ ,  सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएसंग देशब्यापि रूपमा सरकारको जनता र व्यवसायी प्रतिको धारणवारे कुरा उठ्न थालेको हो । 

    कोभिड१९ को कारणले गर्दा २०७६ चैत्र ११ देखि मुलुक लगातार लकडाउनमा भएकोले अति आबश्यक केही उद्योग, ब्यापार तथा ब्यबसाय बाहेक सबै प्रकारका उद्योग, ब्यापार,ब्यबसाय, र निर्माण कार्य लगायत आर्थिक गतिविधि ठप्प प्राय: रहेको यस बिषम परिस्थिमा सरकारले सुझबुझ सहित निर्णय लिनुपर्ने कुरामा माहासंघले जोड़ दिएको छ ।

    यस आर्थिक बर्षको बजेटले पनि मुलुकको समग्र अर्थतन्त्रले भोगिरहेको कठिन चुनौतिलाई स्वीकार गरिसकेको अवस्थामा उद्यमी व्यवसाईको छाता संगठनका रूपमा रहेको माहांसंघका प्रतिनिधिहरूको मौखिक तथा लिखित सुझाबहरूको आधारमा आयकर, मुल्य अभिवृद्धि कर, र अन्त:शुल्कको बिवरण र कर रकम बुझाउने म्याद २०७७ असार मसान्त सम्म थप गरि सहजीकरणको बाटो अबलम्बन गरिदिन सरकारलाई अनुरोध गरिएको माहासंघले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ