बुधबार, फागुन २८ गते २०८१

जासुसी उपन्यास लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन

जासुसी उपन्यास लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन

अखबार दैनिक
बिहीबार , माघ ३ २०८१
  • जासुसी उपन्यास लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन

    जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् । २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो । त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखेका छन् ।

    images

    यसैगरी डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घन्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ पनि लेखेका छन् ।

    साथै राम महर्जन सिरिजमा ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’ नामक जासुसी उपन्यास पनि उनैले लेखेका हुन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ