बुधबार, माघ २ गते २०८१

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङमा बढ्यो धान उत्पादन

बुधबार, माघ २ २०८१
  • लमजुङमा बढ्यो धान उत्पादन

    लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।  केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा  नौ हजार ३०१ हेक्टरमा धानखेती गरिएकामा ३१ हजार १५८ मेट्रिकटन धान उत्पादन भएको छ । 

    images

    गत आवमा सोही क्षेत्रफलमा २८ हजार ६४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आवको तुलनामा चालु आवमा दुई हजार ५११ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

    केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार ६९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार ४२५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार १५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार ५४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार