बुधबार, माघ २ गते २०८१

देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा

देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा

अखबार दैनिक
सोमबार, पुस २९ २०८१
  • देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा

    काठमाडौँ । विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आइपुगेकी छिन् । माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आएकी हुन् ।

    images

    आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित सोमबार नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए । देवी प्रतिभाले सोमबार दिउँसो ३ बजे भरतपुर महानगरपालिका १ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

    ‘प्यार से बोलो ना’ थेगोमार्फत चर्चामा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भररहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया उनी धेरैको रोजाइमा परेकी कथा वाचिकाको रुपमा पर्छिन् ।

    देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा इश्वरकृष्ण महाराजजी, ओम प्रकाश गुरु, यशोदा कौडिन्य र  अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको  आयोजकले जनाएको छ ।

    मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।

    माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार