बिहीबार , असोज ३ गते २०८१

पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित भएको पुष्टि

पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित भएको पुष्टि

अखबार दैनिक
सोमबार, जेठ १९ २०७७
  • पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित भएको पुष्टि

    १९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन ।

    हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । उनले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको बताए । मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिए । कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र  १ सय ८० पुरुष छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ