१९ जेठ, पोखरा | स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा १ जनाको आइतबार साँझ एक जनाको मृत्यु भएको छ ।
पोखरास्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की हुन ।
२ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । घर फर्किएपछि ज्वरो बढेकाले उनलाई प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।
तर के कति कारणले उहाँको मृत्यु भएको हो । शंका निवारणका लागि पुनः कोरोना परीक्षण गर्न पठाएको अस्पतालले जानाकारी गराएको छ मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।