कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाईने भएको हो ।
विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
कार्यालयका अधिकृत जनकबहादुर कुँवरले खोप कार्यक्रम सञ्चालनका लागि पुस २१ देखि २९ गतेसम्म जिल्लाका १०२ जना स्वास्थ्य संस्था प्रमुखहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन भइरहेको बताए । उनले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरीहरुलाई उक्त खोप लगाउन थालिएको बताए ।