बुधबार, माघ २३ गते २०८१

थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ देखि

थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ देखि

अखबार दैनिक
शुक्रबार, पुस २६ २०८१
  • थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ देखि

    मकवानपुरमा हुने थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ देखि सुरु हुने भएको छ। फेस्टिभल माघ १ सम्म चल्नेछ।फेस्टिभल थाहा नगरपालिकास्थित बज्रबाराहीमा हुनेछ। ‘पर्यटनका लागि चलचित्र’ भन्ने नारासहित आयोजना हुँदै आएको फेस्टिभलले फिल्ममार्फत् आन्तरिक पर्यटनलाई जोड्ने आयोजकको लक्ष्य छ।

    images

    फेस्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। आयोजक संस्था थाहा कला केन्द्रका अनुसार फेस्टिभलमा लागि पेस भएका ४६ फिल्ममध्येबाट २० फिल्म छानिएको हो।

    फेस्टिभलमा फिचर फिल्ममा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’ र ‘मोदिबेनी’ परेको छ। सर्ट फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’ र ‘खिल’ छन्। यस्तै, डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’ र ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ छन्। यसवर्ष फेस्टिभलमा नेपाली फिल्मको समीक्षा र विविधताजस्ता समसामयिक विषयमाथि छलफल हुनेछ।

    पर्यटकीय गन्तव्यका रूपमा परिचित र सांस्कृतिक रूपमा पनि धनी थाहा नगरपालिका फिल्म छायांकनका लागि रोजाइमा पर्ने ठाउँ हो। थाहा नगरपालिकाका दर्शकलाई फिल्म देखाउने लक्ष्यसहित आन्तरिक पर्यटन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको फेस्टिभल संयोजक प्रमोदकृष्ण जोशीले बताए।

    ‘काठमाडौँ र हेटौंडाजस्ता सहरको नजिकै रहेर पनि थाहा नगरपालिकामा हालसम्म कुनै फिल्म हल सञ्चालनमा छैन। त्यसकारण सहजै फिल्म हेर्न नपाउने यहाँका दर्शकलाई लक्षित गरी फेस्टिभल आयोजना गरिएको हो।’ उनले भने, ‘फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटन पनि फस्टाओस् भन्ने हाम्रो उद्देश्य हो।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार